बहुसांस्कृतिक परम्परा भएको राष्ट्र हो । वर्तमान नेपाल राष्ट्रको भूभागमाथि ऐतिहासिक कालखण्डहरूमा अनेक शासकवंशहरूको शासन रहेको देखिन्छ । यसै परिप्रेक्ष्यमा वर्तमान नेपालको पूर्वी तराई–मधेसको भूभागमाथि इतिहासको मध्यकालखण्डमा द्रोणवार वंशको शासन व्यवस्था स्थापित रहेको पाइन्छ । इतिहासको प्रवाहमा विभिन्न राजनीतिक तथा सामाजिक कारणहरूले गर्दा अनेक शासकवंशहरू विलीन भइसकेका देखिन्छन् । उदाहरणार्थ प्राचीनकालका लिच्छवि एवं मध्यकालका सेन राजवंशहरूलाई लिन सकिन्छ । परन्तु नेपालको इतिहासको उत्तर–मध्यकालको अवधिमा पूर्वी तराईका सप्तरी र महोत्तरी जिल्ला क्षेत्रहरूको भूभागमाथि शासन गर्ने द्रोणवार वंशको अवशेषको रूपमा अहिलेसम्म त्यस वंशका मानिसहरू विद्यमान रहेका छन् । यिनीहरू स्वयम्लाई रजहन–दोनवार भन्दछन् एवं यिनीहरूलाई समाजमा अहिलेसम्म पनि ‘राजाजी’ भनेर सम्बोधन गरिएको पाइन्छ । अर्कोतिर, रजहन शब्दले राज्य र राजवंशतर्पm स्पष्टरूपमा सङ्केत गरिरहेको देखिन्छ । यिनीहरूको सम्बन्ध ईसाको एघारौं शताब्दीदेखि चौधौं शताब्दीसम्म मिथिलामा शासन गर्ने कर्णाटवंशीय शासकहरूसित रहेको भनिन्छ ।
यसका साथै काठमाडौं उपत्यकाका मल्ल शासकहरूसित पनि रजहन दोनवारहरूको सम्बन्ध रहेको सङ्केत पाइएको छ ।
‘द्रोणवार’ शब्द अहिले लोकबोलीमा ‘दोनवार’ भनेर प्रचलित रहेको छ । यसका साथै यस शब्दलाई नेपाली भाषाको बोलीमा ‘दनुवार’ शब्दबाट अभिहित गर्ने गरिएको देखिन्छ । वर्तमानकालमा नेपालमा दनुवार जातिलाई आदिवासी जनजातिको रूपमा चित्रित गर्ने गरिएको पाइन्छ । दनुवार जातिको बसोबास नेपालका ७५ जिल्लामध्ये तराई–मधेस, भित्री मधेश र पहाड गरी ५७ जिल्लामा रहेको छ । नेपालमा पाइने दनुवार जातिका रजहन, कछरिया र राई गरी तीन प्रकार रहेका छन् । यस जातिको ‘दनुवार’ नामबाट एउटै जातीय संज्ञा रहेको भए तापनि यी तीनवटै प्रकारका बीचमा जातीय, सांस्कृतिक, आचारविचार र रहनसहनको दृष्टिकोणले स्पष्ट भिन्नता रहेको देखिन्छ । वास्तवमा रजहनको सम्बन्ध ऐतिहासिकरूपमा राजपरिवार तथा शासक वंशसित रहेको पाइन्छ भने कछरियाको समानता थारू जातिसित रहेको पाइन्छ । यसैगरी, राई दनुवारको सामाजिक र सांस्कृतिक व्यवहारहरू पहाडी जातिहरूसित मिल्दोजुल्दो
रहेका देखिन्छन् । यीमध्येका रजहन दोनवारको भाषा, संस्कार र संस्कृति मिथिला क्षेत्रको भाषा, संस्कार
र संस्कृतिसित तादात्म्य राखेको पाइन्छ ।
दोनवार शब्दको मूल संस्कृत शब्द ‘द्रोणवार’ हो । नेपालको सप्तरी क्षेत्रका राजा पुरादित्य सिंहलाई ‘द्रोणवार वंशीय’ भनी लेखिएको पाइन्छ । यस प्रकार द्रोणवार शब्द ‘द्रोण’ शब्दबाट बनेको देखिन्छ । यस सम्बन्धमा एकथरी विचारमा भारतको कर्णाटक क्षेत्रमा प्राचीन डोरणडीह नामक स्थानमा बसोबास गर्ने जातिलाई त्यस स्थानको नामसित सम्बन्धित भनेर दोनवार भन्ने गरिएको हो । परन्तु, दोनवार शब्दको मूलरूप द्रोणवार नै रहेकोले यसरी डोरणडीहबाट यसको उत्पत्ति भएको कुरा मान्न सकिने देखिंदैन । यसैगरी, यस जातिको बसोबास दूनमा भएकोले, यस जातिका मानिसहरू दुनामा खाने भएकाले, दुनामा बत्ती बाल्ने भएकाले इत्यादि कुराहरूको आधारमा दोनवार वा दनुवार भएको भनी अनेक प्रकारका किंवदन्तीजनित विचारहरू रहेका पाइन्छन् । यस्तै, अर्कोथरी विचारकले दोनवारको सम्बन्ध द्रोण शब्दसित नै रहेको स्वीकार गर्दछन् । नेपालका रजहन दोनवारहरू एवं भारतको उत्तरी विहार क्षेत्रका दोनवारहरूसमेत आपूmलाई द्रोणाचार्यका सन्तति भन्ने गर्दछन् । भनिन्छ कि यिनीहरूको प्राचीन जन्मकुण्डली (चिनो)मा ‘द्रोण कुलोद्भव’ शब्द लेखिएको पाइन्छ । यस्तै, दोनवारलाई दोन नदीको सन्दर्भबाट पनि जोडिएको देखिन्छ । यसमा भनिन्छ कि भारतको उत्तरप्रदेश क्षेत्रमा प्रवाहित दोन नदीक्षेत्रको भूभागमा बसोबास गर्ने जातिलाई दोनवार भनियो ।
द्रोणवारलाई ब्राह्मण वर्णको मानिएको पाइन्छ । ऐतिहासिक दस्तावेजहरू तथा समकालीन साहित्यमा समेत यसको चर्चा रहेको छ । सप्तरीका राजा पुरादित्य सिंहलाई द्रोणवार वंशीय ब्राह्मण भनेर मिथिलाको इतिहासमा व्याख्या गरिएको देखिन्छ । दोनवारहरू ब्राह्मण हुन् भन्ने कुराको पुष्टि गर्ने अन्य आधारहरू पनि रहेका छन् । यस सन्दर्भमा मिथिला क्षेत्रका ब्राह्मणहरूमा प्रचलित यज्ञोपवीत (जनै) धारण गर्ने, विवाहको अवसरमा वैदिक मन्त्रोच्चारणका साथ गोत्राध्यायसहित कन्यादान गराइने, वैवाहिक सम्बन्धको निश्चय गर्दा गोत्र र मूलको विचार गरिने, ब्राह्मण जातिबाहेक अन्य जातिद्वारा तयार गरिएको कच्चा भोजन (भात, दाल) ग्रहण नगरिने इत्यादि जस्ता आचारविचार देखिन्छन् । यसै परिपे्रक्ष्यमा दोनवार जातिको सभा, चौरासीबाट अन्य कुराका साथै ब्राह्मणबाहेकका अन्य जातिद्वारा पकाइएको भातदाल खान नहुने विषयक निर्णय उल्लेख रहेको छ ।
मिथिला क्षेत्रमा निवास गर्ने ब्राह्मण सदृश प्रभावशाली जाति भूमिहार–ब्राह्मणमा पनि गोत्र र मूल रहेका छन् । भूमिहार–ब्राह्मण जातिमा रहेका २० गोत्र अन्तर्गत २७१ वटा मूलहरूलाई महावीरप्रसाद ठाकुर ‘मुक्त’द्वारा सङ्कलन गरी ब्राह्मण गोत्र–दर्पण (भूमिहार) नामक पुस्तिका पटनाबाट प्रकाशित गराइएको छ । यस पुस्तिकामा ‘वत्स’ गोत्र अन्तर्गत ‘दोनवार’ मूल भनेर किटान गरी लेखिएको पाइन्छ । यसै क्रममा एउटा स्रोतमा सप्तरीका राजा गिरिनारायण पुरादित्यलाई ‘भूमिहार ब्राह्मण कुलोद्भव’ भनेर उनको गोत्रलाई ‘वत्स’ र मूललाई ‘दोनवार’ भनेर उल्लेख गरिएको पाइन्छ । परन्तु द्रोणवार ब्राह्मणको सम्बन्ध ऐतिहासिकरूपमा कान्यकुब्जसित देखिएकोले यिनीहरूलाई भूमिहार भन्न सकिंदैन । मिथिला क्षेत्रका भूमिहार ब्राह्मण जातिमा दोनवार मूल रहेको पाइएकोले पुरादित्य सिंहलाई दोनवार मूलका भनिएको हुन सक्ने देखिन्छ । यस प्रसङ्गमा भनिन्छ कि कतिपय मैथिल ब्राह्मणहरूलाई भूमिपति भएकाले परवर्तीकालमा भूमिहार–ब्राह्मण भनेर अभिहित गर्न थालिएको थियो । अर्कोतिर, मिथिला क्षेत्रमा निवास गर्ने मैथिल ब्राह्मण, भूमिहार ब्राह्मण र द्रोणवार ब्राह्मण सबैका गोत्रमा वैदिक एवं पौराणिक ऋषिहरूका नाम समान रूपमा रहेका देखिन्छन् । यसरी गोत्रको रूपमा प्रचलित रहेका ऋषिका नामहरूमा अत्रि, आत्रेय, उपमन्यु, कपिल, काश्यप, कौण्डिन्य, कौशिक, कृष्णायन, गर्ग, गाग्र्य, गौतम, पराशर, भारद्वाज, भार्गव, माण्डव्य, मौद्गल्य, वत्स, वशिष्ठ, वाल्मीकि, विश्वामित्र, विष्णुवृद्ध, शाण्डिल्य, सावण्र्य, सांकृत्य इत्यादि रहेका छन् ।

No comments:
Post a Comment