पुरादित्य सिंहको जन्म कमसेकम सन् १३२० ई.भन्दा पहिले भइसकेको हुनुपर्दछ । यसरी नै मिथिलाका ओइनवारवंशीय शासक गणेश्वर ठाकुरको सन् १३७१ ई.मा हत्या हुँदा उनका हत्यारामध्ये एकजना सोही राजपरिवारका सदस्य अर्जुनको वध पुरादित्य सिंहद्वारा भएको थियो । पुरादित्य सिंहका पिताको नाम सर्वादित्य सिंह वा सर्वदत्त सिंह भनी उल्लेख पाइन्छ । सर्वदत्त सिंह बनौली निवासी थिए तथा आप्mनो समयका दोनवार जातिका प्रतिष्ठित व्यक्ति थिए । भनिन्छ कि उनको अध्यक्षतामा एउटा सङ्गठनको निर्माण गरिएको थियो, जसलाई ‘रजहन’ भन्ने संज्ञा दिइएको थियो । सर्वदत्त सिंहका देवदत्त वा देवादित्य र पुरादत्त वा पुरादित्य गरी दुई छोरा थिए । यिनै पुरादत्त वा पुरादित्य सिंहलाई मिथिलाका ओइनवारवंशीय राजा शिव सिंहले मित्र बनाएका थिए ।
मिथिलाको इतिहासमा पुरादित्य सिंहलाई ‘अर्जुन विजयी’ भनेर चर्चा गरिएको पाइन्छ । यी अर्जुन भन्ने व्यक्ति ओइनवार कुलका राजपरिवारका सदस्य थिए, जसलाई पुरादित्य सिंहले युद्धमा पराजित गरी वध गरेका थिए । यस अर्जुनको विषयमा भनिन्छ कि उनी त्रिपुर ठाकुरका पुत्र थिए । मिथिलामा ओइनवार वंशको शासन स्थापना गर्ने कामेश्वर ठाकुरका भोगीश्वर, भवेश्वर र कुसुमेश्वर गरी तीनजना छोरा थिए । यसमध्ये भवेश्वरका छोरा त्रिपुर ठाकुर थिए । कामेश्वर ठाकुरका छोरा भोगीश्वर (सन् १३५४–१३६० ई.)को देहान्तपश्चात् मिथिला राज्यको सिंहासनमाथि भोगीश्वरका छोरा गणेश्वर एवं भाइ भवेश्वर (काका–भतिजा)बीच उत्तराधिकारसम्बन्धी विवाद भएको थियो । यसमा दरबारका पदाधिकारीहरूसमेत विभाजित हुन पुगेका थिए । पछि, परस्पर सामञ्जस्य स्थापित भई भोगीश्वरका छोरा गणेश्वर ठाकुरलाई सिंहासनमाथि आसीन गराइएको थियो । परन्तु, यसबाट भवेश्वर पक्ष सन्तुष्ट रहेको थिएन । यसै सन्दर्भमा भवेश्वरका चारजना छोराहरू देव, उदय, हरि र त्रिपुरमध्ये दुई छोरा हरि र त्रिपुर चाहिं सत्तासीन राजा गणेश्वरका विरुद्ध षड्यन्त्रमा संलग्न भएका थिए । यसै परिपे्रक्ष्यमा सन् १३७१ ई.मा राजा गणेश्वर ठाकुरको हत्या भयो, जसमा त्रिपुरका छोरा अर्जुनको हात रहेको भनिएको थियो । सप्तरीका द्रोणवारवंशीय राजा पुरादित्य सिंहद्वारा वध गरिएको अर्जुन भने यिनै हुन् । यस घटनाको जानकारी मैथिलीका कविकोकिल महाकवि विद्यापतिद्वारा रचना गरिएको लिखनावली नामक पुस्तकबाट पनि पाइन्छ । विद्यापतिले राजबनौलीमा पुरादित्य सिंहको दरबारमा प्रवास गरिरहेका बखत लिखनावली पुस्तकको रचना गरेका थिए । विद्यापतिले अर्जुनलाई ‘बन्धुघाती’ भनेका छन् । राजा गणेश्वर ठाकुरको हत्यामा संलग्नताले गर्दा सम्भवतः अर्जुनलाई बन्धुघाती भनिएको हुन सक्दछ । अर्कोतिर, त्रिपुर ठाकुरका भाइ देवसिंह ठाकुरका छोरा थिए– शिवसिंह ठाकुर, जससँग पुरादित्य सिंहको मित्रता थियो ।
यस घटनाको अर्को पक्ष पनि रहेको छ, जसमा भनिन्छ कि अर्जुन जस्ता केही व्यक्तिहरू हिन्दू धर्मका विरोधी एवं बौद्ध धर्मप्रति आस्थावान् रहेका थिए । अर्जुन चाहिं तत्कालीन सप्तरी क्षेत्रका शासक तथा बौद्ध धर्मका संरक्षकको रूपमा रहेका थिए । त्यस बखतको मिथिलामा बितेको युगको जस्तो बौद्ध धर्म र धर्मावलम्बीहरूप्रति सहिष्णुता कायम रहन सकेको थिएन । मिथिलामा सन् १२३४–१२३६ ई. तिर आएका तिब्बती बौद्ध तीर्थयात्री धर्मस्वामिन्ले तत्कालीन राजा रामसिंहदेवद्वारा आपूmलाई ठूलो आदर र सत्कार गरिएको वर्णन गरेका छन् । परन्तु, सन् १३२५ ई.तिरका मिथिलाका विद्वान् लेखक ज्योतिरीश्वर ठाकुर कविशेखराचार्यले ‘बौद्धपक्ष अइसन आपात्भीषण’ भनेर बौद्ध धर्मावलम्बीलाई खतरनाक भनेका छन् । भनिन्छ कि यही भावनाको चरम परिणतिको रूपमा राजबनौलीका द्रोणवारवंशीय राजा पुरादित्य सिंहद्वारा अर्जुनको वधको घटनालाई लिइएको थियो । यसपछि सप्तरी क्षेत्रमाथि राजा पुरादित्य सिंहको पूर्ण नियन्त्रण स्थापित भएको थियो । पूर्वकालमा सप्तरी क्षेत्रका निवासीहरूमा बौद्ध धर्मप्रति आस्था रहेको कुराको पुष्टि त्यस क्षेत्रमा प्रचलित लोककथाहरूबाट पनि हुन्छ । यस प्रसङ्गमा भनिन्छ कि मिथिलाको यस क्ष्Fेत्रमा हिन्दू धर्मको प्रचारप्रसारमा ओइनवारवंशीय राजा शिव सिंहको सक्रिय भूमिका रहेको थियो । राजा शिव सिंहले राजा पुरादित्य सिंहलाई आमन्त्रण गरी बोलाएर मैत्री सम्बन्ध स्थापित गरेका थिए ।

No comments:
Post a Comment