यस क्षेत्रमा द्रोणवार ब्राह्मण राजवंशको राज्य–स्थापनाको सन्दर्भमा एउटा रोचक कथा पाइन्छ, जसमा झहुरी पोखरी विषयक आख्यान रहेको छ । भनिन्छ कि त्यस पोखरीको पानीमा द्रोणवार परिवारलाई समाप्त पार्ने उद्देश्यले विष मिसाइएको थियो । विषलाई अर्को शब्दमा जहर भनिन्छ, अतः त्यो पोखरीलाई जहरी–पोखरी भनिन थालियो, जुन कालान्तरमा झहुरी–पोखरी नामबाट प्रख्यात भएको थियो । द्रोणवार राजपरिवारलाई समाप्त पार्ने षड्यन्त्र कसले गरेको थियो, सो सम्बन्धमा निश्चित भएर भन्न सकिने अवस्था नरहे तापनि नेपालका महाराजाबाट यस्तो षड्यन्त्र गरिएको उल्लेख पाइन्छ । एउटा किंवदन्ती अनुसार गोर्खाली राजाद्वारा यस्तो षड्यन्त्र भएको थियो भने अर्कोथरी विचारमा काठमाडौंका मल्ल राजालाई यस घटनाका लागि जिम्मेवार भनिएको छ ।
यस प्रसङ्गमा ऐतिहासिकरूपले विचार गर्दा झहुरी–पोखरीकाण्डको समयबारे एउटा निश्चयमा पुग्न आवश्यक प्रतीत हुन्छ । यस सन्दर्भमा झहुरीकाण्डबारे भनिन्छ कि पोखरीको पानीमा विष मिसाइएपछि द्रोणवार राजपरिवारका अधिकांश व्यक्तिको देहान्त भएको थियो । परन्तु, राकू कमती नामक एकजना राजभक्त सेवकले राजवंशको एउटा बालक शिशुलाई उसको आमाका साथ उद्धार गरी सुरक्षित उम्काउन सफल भएको थियो । त्यो सेवक यी शिशु र उसकी आमालाई साथ लिएर वर्तमान विहार राज्यको मुङ्गेर जिल्लामा पर्ने चाकसाँभो ग्रामका भारद्वाज गोत्रीय चक्रवार मूलका मैथिल ब्राह्मण राजा राज सिंहको राज्यमा निवास गर्न पुगेको थियो । शिशुको नाम गङ्गाराम थियो । यिनीहरू गुप्तरूपमा नै निवास गरिरहेका थिए । एक दिन राजा राज सिंहको बाहिर सवारी हुँदा साधारण बालकहरूका साथ खेलिरहेको तेजस्वी बालक गङ्गाराममाथि उनको दृष्टि पुग्यो । राजाद्वारा गङ्गारामको वंशको विषयमा छानबिन हुँदा असली कुरा थाहा पाएर माताका साथ बालकलाई प्रतिष्ठापूर्वक राजमहलमा भिœयाएर बालकको रेखदेख र समुचित शिक्षाको प्रबन्ध मिलाइएको थियो । गङ्गाराम ठूलो भएपछि राजा राज सिंहले आप्mनी कन्या भागरानीको उनीसित विवाह गराइदिएका थिए । ससुरालीमा बस्दा एक दिन साला राजकुमारसित ख्यालठट्टाको सिलसिलामा गङ्गाराम अपमानित भएका थिए । त्यसपछि उनले ससुराली त्यागेर आप्mनो बेग्लै राज्य स्थापना गर्ने निश्चय गरे । यस कार्यमा उनका ससुरो तथा पुनास क्षेत्रमा निवास गर्ने द्रोणवार बन्धुहरूद्वारा समेत सहयोग प्राप्त भएको थियो । यस प्रकार, ससुरो र बन्धुहरूको सहयोगमा वर्तमान विहार राज्यको दरभङ्गा जिल्लाको सरैसा प्रगन्ना अन्तर्गतका ताजपुर र सुल्तानपुर क्षेत्रहरूमाथि आप्mनो आधिपत्य कायम गरी गङ्गारामले त्यहाँ मोरबा ग्राममा सुदृढ किल्ला बनाइ राजधानी स्थापित गरे । यसैै क्षेत्रमा उनको नाममा गङ्गापुर गाउँ बसाइयो, जहाँ आज पनि द्रोणवार ब्राह्मण परिवारको बसोबास छ । यस क्षेत्रमा बसोबास गर्ने द्रोणवार परिवारमा राकू कमतीलाई कुलदेवताको स्थानमा पूजा गर्ने गरिएको पाइन्छ । गङ्गारामको, पश्चात्कालमा, अर्को विवाह निकटस्थ सारङ्गपुर तिसवार ग्राम निवासी कुसुमारे मूलका प्रसिद्ध मैथिल ब्राह्मण पण्डित गोपीनाथ ठाकुरकी कन्या मुक्तारानीसित भएको थियो । त्यस समयमा दिल्लीको सिंहासनमाथि बादशाह शाहजहाँ
(सन् १६२७–१६५८ ई.) विराजमान थिए । गङ्गारामको पराक्रम देखेर सरैसा प्रगन्ना क्षेत्रमा उनको आधिपत्यलाई मान्यता प्रदान गर्दै बादशाह शाहजहाँद्वारा उनलाई ‘राय’ पदवी प्रदान गरिएको थियो । गङ्गारामपछि उनका पुत्र भेलाराय
(तालराय)ले मोरबाबाट राजधानी स्थानान्तरित गरी नरहनमा स्थापित गरेका थिए । यस प्रकार विचार गर्दा गङ्गाराम रायलाई बादशाह शाहजहाँको समकालीन मानेमा नरहन राज्यको स्थापना ईसाको सत्रहौं शताब्दीको मध्यतिर भएको देखिन्छ । नरहन राज्यमा गङ्गारामदेखि ब्रह्मदेवनारायण सिंहसम्म कुल १३ राजाहरूले राज्य गरेका थिए । इतिहासको कालगणना विषयक एउटा मान्यता अनुसार एक पीढीका लागि २५ वर्षको समय दिइएमा १३ पीढीका लागि (१३ गुणा २५) ३२५ वर्षको अवधि हुन आउँछ । यसरी विचार गर्दा झहुरी पोखरीकाण्डको समय ईसाको सत्रहौं शताब्दीको मध्यतिर नै रहेको देखिन्छ । अर्कोतिर बादशाह शाहजहाँको समयमा गङ्गारामलाई ‘राय’ पदवी प्रदान गरिएको विषयलाई ध्यानमा राख्दा पनि यो अवधि मिल्न आउने देखिन्छ ।
अब झहुरी पोखरीकाण्डमा नेपालको महाराजाको हात रहेको प्रसङ्गमाथि विचार गर्दा ईसाको सत्रहौं शताब्दीको मध्य तथा उत्तरार्धको समयमा गोर्खाली राजाहरूको यस क्षेत्रमा आगमन भएको देखिंदैन । अतः यस काण्डमा गोर्खाली राजाको हात हुने सम्भावना छैन । जहाँसम्म मल्ल राजाहरूको हात रहने प्रश्न छ, त्यस समयमा कान्तिपुरमा प्रताप मल्ल, ललितपुरमा सिद्धिनरसिंह मल्ल र भक्तपुरमा जगतप्रकाश मल्ल राजाहरू रहेका थिए । काठमाडौं उपत्यकाका मल्ल राजाहरू परस्पर सङ्घर्षमा स्वयम् संलग्न रहने गरेका तथा उनीहरूको प्रत्यक्ष सिमाना द्रोणवार राजाहरूको भूभागसित नमिल्नेसमेत रहेको हुँदा झहुरी पोखरीकाण्डमा मल्ल राजाहरूको संलग्नता हुन सक्ने देखिंदैन । अर्कोतिर, द्रोणवारहरूको राज्यको प्रत्यक्ष सिमाना मकवानपुर राज्यको क्षेत्रसित मिल्ने रहेको देखिन्छ । द्रोणवारहरूको वंशावली अनुसार सप्तरीका राजा गिरिनारायण पुरादित्य सिंहको समयको लगभग एक शताब्दीपश्चात् अर्थात् ईसाको सोह्रौं शताब्दीको मध्यकालदेखि सत्रहौं शताब्दीको मध्यकालसम्मको अवधिमा नेपालका मकवानी तथा सप्तरी क्षेत्रका द्रोणवारहरूको शक्ति उत्कर्षमा पुगेको थियो । नारायण पाण्डेयका पुत्र सुन्दर पाण्डेय तथा पौत्रहरू साधु पाण्डेय र माधो पाण्डेयका यश–कीर्ति आजसम्म पनि त्यस क्षेत्रको समाजमा जनश्रुतिको रूपमा प्रचलित रहेको छ । भनिन्छ कि द्रोणवार परिवारको प्रभाव मकवानी राज्यमा बिस्तारै–बिस्तारै बढ्दै गएको थियो ।
साधु पाण्डेय र माधो पाण्डेयको शक्ति उत्कर्षमा हुँदाको बखत मकवानपुर राज्यको सिंहासनमाथि हरिहर सेन (सन् १६३१–१६७२ ई.) आसीन रहेका थिए । यिनको समयमा मकवानपुरको राजपरिवारमा पारिवारिक कलह चरम अवस्थामा पुगेको थियो । नेवारी भाषामा सङ्कलित रहेको तत्कालीन घटनाहरूको विवरण अनुसार हरिहर सेनका छोरा शुभ सेनले पितासित विद्रोह गरी काठमाडौंका भारदार जगय बानियाँ तथा गोरखाका राजा मुरारी शाहका सैनिकहरूको साथ मकवानपुर राज्यमाथि आक्रमण गरेका थिए । यस्तो अवस्थामा, एकातिर मकवानपुर राज्यको आन्तरिक राजनीतिक वातावरण कलहपूर्ण रहनु, त्यसमाथि बाह्य आक्रमणहरू हुनु एवं अर्कोतिर सप्तरी क्षेत्रको सिमाना मकवानपुर राज्यको क्षेत्रसित मिलेको हुनु तथा द्रोणवार राजवंशको शक्ति उत्कर्षमा रहेकोले यस शक्तिप्रति भयभीत हुनु इत्यादि कारणहरूले गर्दा कुनै मकवानी राजपरिवारका व्यक्तिद्वारा नै झहुरी पोखरीकाण्ड गराइएको हुन सक्ने सम्भावना प्रबल रहेको देखिन आउँछ । यस्तै, मकवानपुरका राजालाई लोक जनश्रुतिमा नेपालका महाराजा भनेर प्रचलित गराइएको हुन सक्दछ । सप्तरी क्षेत्र र त्यसभन्दा दक्षिणतिरको मिथिला क्षेत्रमा हरिहर सेन विषयक कतिपय अनुश्रुतिहरू अहिलेसम्म प्रचलित रहेका पाइन्छन् । मिथिला क्षेत्रमा रहेको द्रोणवारवंशीय राजपरिवारको शासन रहेको अकौशी राज्यको इतिहाससित हरिहर सेनको नाम सम्बन्धित रहेको भनिन्छ ।
साधु पाण्डेयका पुत्र गणेश पाण्डेय ‘गणेश राय’ भनेर प्रख्यात भएका थिए । गणेश रायका पुत्र अभिमान राय थिए । झहुरी पोखरीकाण्डमा अभिमान रायलाई आमन्त्रित गरी सपरिवार बोलाएर विषयुक्त अन्नजल दिएर समाप्त पारिएको भनिन्छ । यसै सन्दर्भमा बालक शिशु गङ्गाराम र उनकी माताको ज्यान बाँचेको थियो । गङ्गाराम नरहन राज्यको संस्थापक पुरुष भएका थिए । नरहन राज्यको क्षेत्र सानो भए तापनि भारतमा मुगल सम्राटहरूको समयमा यो राज्य आप्mनो आन्तरिक शासकीय मामिलामा स्वतन्त्र रहेको थियो । गङ्गाराम रायदेखि छैटौं पीढीमा केशोनारायण सिंह तथा सातौं पीढीमा अजितनारायण सिंह नरहन राज्यका शासक भएका थिए । नरहन राज्यको मिथिलाका खण्डवला राजकुल (दरभङ्गा महाराजाको वंश)सित मैत्रीपूर्ण सम्बन्ध थियो । दरभङ्गाका राजा नरेन्द्र सिंह (सन् १७४३–१७६० ई.)को समयमा कर नबुझाएको आरोपमा मुगल प्रशासनका पटनास्थित सुबेदार रामनारायणले दरभङ्गाका राजाको विरुद्धमा सैनिक अभियान चलाएका थिए । सन् १७५० ई.मा भएको त्यो युद्धमा दरभङ्गाका राजालाई नरहनका राजा अजितनारायण सिंहले सैनिक सहयोग गरेका थिए । यो युद्ध कन्दर्पीघाट भन्ने स्थानमा भएको थियो एवं यस युद्धमा दरभङ्गा पक्षको विजय भएको थियो ।
मिथिला क्षेत्रको इतिहासमा द्रोणवार वंशको अर्को राज्य अकौशी थियो । यसलाई अकौशी–मझौरा पनि भनिन्छ । यस राज्यका संस्थापक द्रोणवार वंशका हरिहरसिंह देव थिए । यस्तै, यिनका भाइ गोपालसिंह देवले करमेघ भन्ने स्थानमा आप्mनो बसोबास स्थापित गरेका थिए । अकौशी–मझौरा र करमेघ नामक स्थानहरू अहिले विहार राज्यको मधुबनी जिल्लाको लौकाहा प्रखण्डमा पर्दछन् । यो राजवंशको सम्बन्ध सप्तरीका पुरादित्य सिंहको वंशसित रहेको बुझिन्छ । यसको इतिहास विषयक चर्चामा सप्तरिया राजा कुलेश्वर वा कुलहेश्वर सिंहलाई रक्षक–निर्णयकर्ता भनेर उल्लेख रहेको पाइन्छ । राजा कुलहेश्वर वा कुलेश्वरलाई पकरियागढको राजाको रूपमा वर्णन गरिएको छ । यिनीलाई मिथिला क्षेत्रमा प्रख्यात एउटा लोकगाथाका नायक सलहेसका समकालीन भनिएको छ । यस्तै, पकरियागढ राज्यको विषयमा भनिन्छ कि सप्तरीका द्रोणवार राजा गिरिनारायण पुरादित्य सिंहको देहान्तपश्चात् राजा कुलेश्वर सिंहद्वारा यस राज्यको स्थापना गरिएको थियो । यसै सिलसिलामा अर्को उल्लेखनीय कुरा के रहेको छ भने अकौशी राज्यका राजा हरिहरसिंह देवलाई मकवानपुरका राजा दिग्बन्धन सेनका मित्रको रूपमा वर्णन गरिएको पाइन्छ । दिग्बन्धन सेन राजा हेमकर्ण सेनका पुत्र थिए । यिनी मकवानपुर राज्यका अन्तिम राजा भएका थिए । यिनको राज्यकाल १७५९–१७६२ ई.सम्म रहेको थियो । यिनकै पालामा गोर्खाली शक्तिद्वारा मकवानपुर राज्यमाथि आधिपत्य स्थापित गरिएको थियो । यस प्रकार ईसाको अठारहौं शताब्दीको पूर्वमध्यकालतिर अकौशी राज्यको स्थापना गरिएको थाहा पाइन्छ । अकौशी राज्यमा हरिहरसिंह देवसमेत गरी ८ जना राजाहरूले शासन चलाएका देखिन्छन् । यस राज्यका अन्तिम शासक रंगूसिंह देव थिए । अकौशी राज्यमाथि दरभङ्गाका राजाद्वारा आक्रमण गरिएको थियो । यसमा युद्धद्वारा समस्याको समाधान हुन नसकेकोले दरभङ्गाले कलकत्ता कोर्टमा अङ्ग्रेजसमक्ष मुद्दा हालेका थिए । यस मुद्दामा रंगूसिंहको पराजय भएको थियो । यसपछि अकौशीको दोनवार राजपरिवार एउटा साधारण जमीनदार परिवार जस्तै रहन गएको थियो । समाप्त

No comments:
Post a Comment